युवा नेतृत्व विकासका लागि नमुना संयुक्त राष्ट्रसंघीय अभ्यास कार्यक्रम सुरु भएको छ।
नमुना अभ्यासका क्रममा दिगो विकास लक्ष्य, जलवायु कार्य , गरिवी निवारण , बेरोजगारी, भोकमरी, विश्व शान्ति लगायत साझा विषयमा छलफल गरिने आयोजकले वताएका छन्।
नमुना संयुक्त राष्ट्रसंघीय अभ्यास कार्यक्रमले युवाहरुको नेतृत्व विकास र कूटनीतिक क्षमता अभिवृध्दिमा महत्वपुर्ण भुमिका निर्वाह गर्ने राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले वताए।
सशस्त्र प्रहरी वलका पुर्व महानिरिक्षक सनतकुमार बस्नेतले सक्षम र प्रतिस्पर्धी युवा तयार गर्न यसखालको अभ्यास उपयोगी हुने वताए। नेपाली सेनाका व्रिगेडियर जनरल राजेन्द्र अधिकारीले समेत नमुना संयुक्त राष्ट्रसंघीय अभ्यासको अवलोकन गरेका थिए।
८० जना युवा सहभागी कार्यक्रम तिनदिनसम्म चल्ने आयोजक ग्लोवल हेल्प फाउण्डेसनका अध्यक्ष सञ्जिव भट्टराईले वताए। कार्यक्रममा राष्ट्रसंघका विभिन्न समितिको अभ्यास गराइने भट्टराईले वताए।