ललितपुरको पाटन दरबार स्क्वायरमा तीन दिने सांस्कृतिक महोत्सवको आयोजना गरिएको छ।
शुक्रबारदेखि सुरू भएको आदिवासी जनजाति सांस्कृतिक महोत्वस आइतबार सकिनेछ।
महोत्सवमा सांस्कृतिक झाँकी परिक्रमा, संस्कृति तथा भेषभुषा प्रदर्शन, सांस्कृतिक कार्यक्रम, सांगितिक बाजा प्रस्तुति लगायतका कार्यक्रम राखिएका छन्।
नेवार, तामाङ, किरातको पहिचान संस्कृति आर्थिक क्रियाकलाप झल्किने प्रदर्शनी पनि राखिएको ललितपुर महानगरपालिकाले जनाएको छ।
यस्तै लघु चलचित्र पनि प्रदर्शन गरिने भएको हो।
तस्बिरहरू: