झापामा २९ हजार ७०० डलरसहित एक जना पक्राउ परेका छन्।
बिहीबार इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले एक जनालाई उक्त नगदसहित पक्राउ गरेको हो।
पक्राउ पर्नेमा गौरादह नगरपालिका-५ बस्ने २५ वर्षीय मोहम्मद नौसाद मिया छन्।
उनी प्रदेश १-०२-००१ ख ९५३० नम्बरको बसमा दमकबाट बिर्तामोड जाँदै थिए। जाँच गर्नेक्रममा उनले बोकेको कालो झोलाबाट १०० अमेरिकी डलर दरका २९७ वटा बरामद गरेको हो। बिहीबारको दररेट अनुसार ४० लाख ३३ हजार ८५४ रुपैयाँ बराबरको रकम बरामद भएको हो।
प्रहरीले यसबारे थप अनुसन्धान अघि बढाएको छ।