गृह मन्त्रालयले नेपाल प्रहरीको प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)बाट प्रहरी नायब महानिरीक्षक (डिआइजी)मा बढुवा भएका ८ जनाको पदस्थापन गरेको छ।
बिहीबार मन्त्रीस्तरीय निर्णयबाट ८ डिआइजीको पदस्थापन भएको प्रहरी प्रधान कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ।
सो अनुसार डिआइजी ध्रुवराज राउतलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी खटाइएको छ।
त्यस्तै डिआइजी भोलाबहादुर रावललाई गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा पदस्थापन गरिएको छ। बिहीबारकै निर्णयबाट त्यहाँका डिआइजी दुर्गा सिंहलाई प्रहरी प्रधान कार्यालय सरूवा गरिएको थियो।
डिआइजी गणेश चन्दलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, डिआइजी सिद्धीविक्रम राणालाई प्रहरी प्रधान कार्यालयको विशेष ब्युरो, डिआइजी सुशिलसिंह राठौरलाई प्रहरी प्रधान कार्यालयको आर्थिक प्रशासन तथा प्रबन्ध निर्देशनालयमा खटाइएको छ।
त्यस्तै डिआइजी उमाप्रसाद चतुरवेदीलाई प्रहरी प्रधान कार्यालय, डिआइजी हिमालय कुमार श्रेष्ठलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोग र डिआइजी डम्बरबहादुर प्रहरी प्रधान कार्यालयबाट साइबर ब्युरोमा काज खटाइएको छ।