सशस्त्र प्रहरी बल नेपाल नं. २९ गण हे.क्वा ज्वालामाई दाङबाट राजीनामा दिएका इन्स्पेक्टर टविलाल कुँवरविरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बुधबार विशेष अदालतमा उनीविरूद्ध झुट्टा शैक्षिक प्रमाणपत्र देखाएर बढुवा लिएको भन्दै भ्रष्टाचारको मुद्दा दायर गरेको हो।
कुँवरले माध्यमिक शिक्षा परिषद उत्तर प्रदेश (बोर्ड अफ हाइस्कुल एण्ड इन्टरमिडियट एजुकेशन, युपी) अन्तर्गत हाइ स्कुल तहको परीक्षा उत्तीर्ण गरेको भनेर झुट्टा प्रमाणपत्र पेश गरेको आरोप छ।
राष्ट्रसेवकको पदमा प्रवेश गरेर बढुवा पाएको भन्दै उनले लाभ लिएको आरोपमा मुद्दा दायर गरेको हो। कुँवरमाथि अख्तियारले छानबिन गरेपछि राजीनामा दिएका थिए।