नेपाल पत्रकार महासंघ गोरखा शाखाको निर्वाचन प्रक्रिया स्थगित भएको छ।
निर्वाचन कार्यतालिकाअनुसार जिल्ला शाखाहरूमा बुधबार उम्मेदवारको मनोनयन दर्ताको कार्यक्रम छ।
तर मतदातासम्बन्धी विषयलाई लिएर पत्रकार महासंघ गोरखाले निर्वाचन प्रक्रिया नै स्थगित गरेको हो।
अध्यक्ष नरहरि सापकोटा र सचिव विकास मरहट्टाले बुधबार जारी गरेको विज्ञप्तिमा जिल्लामा आवेदन नै नदिएका व्यक्तिको नाम मतदाता नामावलीमा आएपछि निर्वाचन प्रक्रिया स्थगित गर्नुपरेको उल्लेख छ।
जिल्लामा प्राप्त मतदाता नामावली जिल्ला शाखाले गरेको सिफारिसविपरीत रहेको र संशोधनका लागि केन्द्रसँग औपचारिक रूपमा पटक-पटक आग्रह गर्दा पनि बेवास्ता गरेकोले निर्वाचन प्रक्रिया नै स्थगित गर्नुपरेको गोरखा शाखाको भनाइ छ।
सदस्यता शुद्धीकरणका विषयमा जिल्ला शाखाले गरेको निर्णय कार्यान्वयन गर्न पनि गोरखा शाखाको माग छ। यो माग पूरा नहुन्जेलका लागि निर्वाचन प्रक्रिया स्थगित गरिएको विज्ञप्तिमा उल्लेख छ।
मतदाता नामावलीमा एकै व्यक्तिको नाम फरक-फरक गरी दुई ठाउँमा समावेश गरिएको पनि पाइएको जिल्ला शाखाले जनाएको छ।
यस्तो छ विज्ञप्ति: