कैलालीमा छुट्टाछुट्टै ठाउँमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।
मंगलवार टिकापुर नगरपालिका–८ फाँटास्थित हुलाकी सडकखण्डमा सत्तीबाट राजपुरतर्फ सुदूरपश्चिम प्रदेश ०१–००८प०८१३ नम्वरको मोटरसाइकल दुर्घटना भएको थियो।
सो दुर्घटनामा मोटरसाइलक चलाक टिकापुर नगरपालिका –१ का २१ २१ वर्षका रामकुमार चौधरी र मोटरसाइल पछाडी सवार २२ वर्षीय बिनोद चौधरी घाइते भएका थिए।
दुर्घटनामा टाउकोमा चोट लागी गम्भिर घाइते रहेका दुवैजनालाई टिकापुर अस्पतालमा उपचारका लागि लगिएको थियो। त्यहाँ बिनोदलाई डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरिक्षक दर्शन खड्काले जानकारी दिए।
उनका अनुसार मोटरसाइकल चालक रामकुमारलाई थप उपचारका लागि कोहलपुर मेडिकल कलेजमा रिफर गरिएको छ।
यस्तै मंगलबार राति गोदावरी नगरपालिका–४ गोदावरी स्थित भिमदत्त राजमार्गमा म२प९११७ नम्बरको मोटरसाइल दुर्घटना हुँदा मोटरसाइलक चलाक कञ्चनपुरका एक जनाको मृत्यु भएको छ।
सो ठाउँमा राखिएको खाली ट्रकलाई देखेपछि मोटरसाइकल चालकले एक्कासी ब्रेक लगाउन खोज्दा दुर्घटना भएको थियो।
दुर्घटनामा शुक्लाफाँटा नगरपालिका–११ कलुवापुर बस्ने ३० वर्षका हिक्मत महराको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनापछि ट्रक र चलाकलाई प्रहरी नियन्त्रणमा लगेको छ।
यस्तै धनगढी उपमहानगरपालिका–१८ डिपोबजार स्थित धनगढीबाट फुलबारी तर्फ गरिरहेको सुपपश्चिम प्रदेश ०१००११प७०७१ नम्वरको मोटरसाइल दुर्घटना भएको थियो।
दुर्घटनामा कैलारी गाउँपालिका –३ हसुलियाका ४० वर्षीय मोटरसाइकल चालक कमलेश चौधरीको मृत्यु भएको छ।
उनको मोटरसाइकल डल्लबमा ठोकिएको थियो। घटनापछि डल्लब र चालकलाई प्रहरीले नियन्त्रणमा लगेको छ।