काभ्रेमा सुनसहित दुई जना पक्राउ परेका छन्।
बनेपा नगरपालिका-१३ साँगा चोकबाट सुन ५५८ ग्रामसहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा रोशी गाउँपालिका-९ बस्ने ३८ वर्षीय बसन्त लामा र रामेछाप मन्थली नगरपालिका-१ बस्ने २९ वर्षीय अमृत श्रेष्ठ छन्।
जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको प्रहरीले काठमाडौंबाट बनेपातर्फ जाँदै गरेको बीएबी ८६०८ नम्बरको कारलाई जाँच गरेको थियो।
त्यसक्रममा कारको सिट मुनी प्लाष्टिकको झोलामा लुकाएर राखेको अवस्थामा सुन फेला परेको हो।