रसुवामा एक जना पुरूष सुनसहित पक्राउ परेका छन्।
आइतबार गोसाइकुण्ड गाउँपालिका-२ मा चीनको केरूङ नाकाबाट नेपाल आउँदै गरेका एक जना पुरूषलाई सुनसहित प्रहरीले पक्राउ गरेको हो।
प्रहरीले गोसाइकुण्ड-१ थुमन बस्ने ४१ वर्षीय मिङमार छिरिङलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रसुवाले जानकारी दिएको छ।
उनीबाट २४७.९७ ग्रामको ३१ लाख ८२ हजार ५७० रुपैयाँ बराबरको सुन बरामद भएको हो।
इलाका प्रहरी कार्यालय टिमुरे, प्रहरी चौकी रसुवागढी, रसुवा भन्सार कार्यालय र सशस्त्र प्रहरी बल नेपालको संयुक्त टोलीले पक्राउ गरेको हो।
छिरिङले आफ्नो बेल्टको बकलमा सुन लुकाएर तस्करी गरेको आरोप छ।