धादिङको धुनिवेशी नगरपालिका-४ का वडाध्यक्षसहित ७ जनाविरूद्ध पक्राउ पुर्जी जारी भएको छ।
नागरिकता सिफारिस गर्दा कीर्ते गरेको आरोपमा जिल्ला अदालत धादिङबाट वडाध्यक्ष हरिप्रसाद सुवेदीसहित सात जनाविरूद्ध पुर्जी जारी भएको स्रोतले बतायो।
उनीहरूविरूद्ध केहीसमय अघि नै पुर्जी जारी भएको थियो। तर उनीहरू पक्राउ परेका छैनन्।
वडासचिव मिलनकुमार सुवेदी, निर्मल गौतम, रविन्द्र तामाङ लगायतविरूद्ध पुर्जी रहेको स्रोतले बतायो।
उनीहरूले मिलेमतो गरी सरकारी कागजात कीर्ते गरेर नागरिकताका लागि सिफारिस गरेको आरोप छ।