काठमाडौंको ठमेलस्थित थबहीमा कमलपोखरी ब्युँताउन माग गर्दै प्रदर्शन गरिएको छ।
आइतबार बिहान सम्पदा संरक्षण समाजले कमलपोखरी ब्युँताउन माग गर्दै सुन्धाराबाट छाया सेन्टरसम्म र्याली गरेको हो।
अहिले छायादेवी कम्प्लेक्स बनेको जमिनमा लिच्छवीकालीन कमलपोखरी रहेको भनिएको छ।
यसअघि पनि छायादेवी कम्प्लेक्स भत्काएर त्यहाँ कमलपोखरी ब्युँताउन माग गर्दै पटकपटक प्रदर्शन भएका थिए।
हेर्नुस् तस्बिरहरूः