बेनी–पुलाचौर पाँच किलोमिटर सडक ८२ लाखको लागतमा पक्की बनाइएको छ। बेनी– अर्थुङ्गे–बाँसबोटसम्म पाँच किलोमिटर खण्डमा कालोपत्र र ढलान भएको हो।
बेनी नगरपालिकाका प्रमुख सुरत केसीका अनुसार यो सडक स्तरोन्नतिका लागि रु एक करोड ८० लाख विनियोजन भएको थियो।
बाँसबोटमा ३३० मिटर सडक प्रिमिक्स कालोपत्र र एक सय मिटर ढलान भएको छ। एकपाटे, अबेचौर र पुरुण्डी क्षेत्रमा ४ सय मिटर ढलान र बेनीको हुलाकचोकदेखि सङ्गमचोकसम्मको १३० मिटर सडक प्रिमिक्स कालोपत्र भएको छ।
बेनी–पाखापानी सडक योजनामा विनियोजन भएको तीन करोड बजेटमध्ये एक करोड ५० लाखको लागतमा कुरिलाखर्क र अर्थुङ्गेको घुम्तीमा स्तरोन्नति गरिने नगरप्रमुख केसीले बताए।