गण्डकी प्रदेशमा पहिलो पटक ओपन हार्ट सर्जरी गर्न सफल भएका वरिष्ठ मुटु रोग विशेषज्ञ डा.अनिल भट्टराई सम्मानित भएका छन्।
डा.भट्टराइलाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले सम्मान गरेका हुन्।
डा.भट्टराई नेतृत्वको टोलीले एक वर्षअघि गण्डकी प्रदेशमै पहिलो पटक पोखराको चिराक अस्पतालमा ओपन हार्ट सर्जरी गरेको थियो।
वरिष्ठ मुटु रोग विशेषज्ञ भट्टराई त्रि.वि. मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरको कार्डियो थोरासिक भास्कुलर सर्जरीका विभागीय प्रमुख एवम् सह प्राध्यापक हुन्।