संक्रमणकालीन न्यायसँग सम्बन्धित दुई आयोगहरू सत्य निरूपण तथा मेलमिला र बेपत्ता छानबिन आयोगको पदाधिकारी र सदस्यमा सिफारिसि भएका ४० जनामाथि उजुरी आह्वान भएको छ।
पदाधिकारी सिफारिस समितिले सिफारिस भएका पदाधिकारी र सदस्यमाथि कुनै प्रतिक्रिया भए पाँच दिनभित्र सम्पर्क गर्न आह्वान गर्दै शनिबार सूचना जारी गरेको हो।
त्यस्तो प्रतिक्रिया हुनेहरूले आफ्नो विषय पुष्टी हुने आधार र प्रमाणसहित कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा प्रमाणसहित लिखित रूपमा दिन सक्नेछन्।
दुई आयोगको अध्यक्षका लागि ८ जना र सदस्यका लागि ३२ जनाको नाम छनोट गरेको थियो।
अध्यक्ष पदका लागि डिल्लीराज आचार्य, अच्युतप्रसाद भण्डारी, विजय सिजापती, विश्वराज कोइराला, सुदीप पाठक, महेश थापा, शेरबहादुर केसी र काशीराज दाहाल छनोट भएका छन्।
सरकारले गत कात्तिक २ गते पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको अध्यक्षतामा सिफारिस समिति गठन भएको थियो।
समितिलाई दुई महिनाभित्र कार्यअवधि दिइएको थियो। दुई आयोगका पदाधिकारीका लागि १५६ जनाको आवेदन परेको थियो।