राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरूद्ध पर्सामा पनि पक्राउ पुर्जी जारी भएको छ।
बुधबार जिल्ला अदालत पर्साले लामिछानेसहित १४ जनाविरूद्ध पुर्जीविरूद्ध जारी गरेको हो।
वीरगन्जको सानोपाइला सहकारीबाट गोर्खा मिडिया नेटवर्कमा रकम गएको देखिएको छ। त्यस सम्बन्धमा प्रहरीले अनुसन्धान अघि बढाएको हो। लामिछानेसँगै जिबी राई र पूर्वडिआइजी छविलाल जोशीविरूद्ध पनि पुर्जी जारी भएको हो।
सानोपाइला बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा एक अर्ब ४५ करोड बढी रकम बचत थियो।
त्यसमध्ये उक्त सहकारीबाट गोर्खा मिडिया नेटवर्कमा ८ करोड भन्दा बढी रकम प्रवाह भएको देखिएको सहकारी अपचलन सम्बन्धी संसदीय विशेष समितिको प्रतिवेदनमा उल्लेख छ।
अहिले लामिछानेलाई जिल्ला प्रहरी कार्यालय चितवनमा लगिएको छ। त्यहाँ बयान सकेपछि प्रहरीले उनलाई वीरगन्ज लग्ने तयारी छ।
लामिछानेमाथि सहकारी बचत रकम अपचलन, संगठित अपराध र सम्पत्ति शुद्धिकरण कसुरमा अनुसन्धान भइरहेको छ।