पूर्वी चितवनको कालिका नगरपालिकामा दुइटा ग्रिनेड बम फेला परेका छन्।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार कालिका नगरपालिका–३ चतुर्मुखी मन्दिर परिसरको जमिन खन्ने क्रममा दुइटा बम भेटिएका हुन्।
ती बम डिस्पोज (निस्क्रिय) गर्न नेपाली सेनाको टोली परिचालन भएको उनले बताए।
सेनाको टोली पुगेसँगै बमको अवस्थाबारे थप जानकारी हुने उनले बताए।