बाला चतुर्दशीमा पशुपति क्षेत्रमा मासु, मदिरा बेच्न रोक लगाइएको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले सूचना जारी गर्दै बिहीबारदेखि शनिबारसम्म पशुपति क्षेत्र आसपास मासु, मदिरा बेचबिखनमा रोक लगाएको हो।
गौशाला मित्रपार्कदेखि पूर्व, पशुपति क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, गौशाला तिलगंगा चक्रपथदेखि उत्तर, मित्रपार्क-उमाकुण्ड-गौरीघाट हुँदै गुहेश्वरीदेखि दक्षिण लगायत पशुपति क्षेत्रको सबै भूभागमा मासु, मदिरा तथा नशालु पदार्थहरू उत्पादन, बेचबिखन, ओसारपसार, भण्डारण र सेवन गर्न नपाउने प्रशासनले जनाएको छ।
सूचनाको विपरीत गरेमा कानुन बमोजिम कारबाही गरिने चेतावनी दिइएको छ।