गैरकानुनी रूपमा भारतबाट नेपाल प्रवेश गरेका दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन्।
मंगलबार बिहान शुद्धोधन गाउँपालिका-५ घेराउजोतबाट दुई जना चिनियाँ नागरिकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका एसपी निरन्जन भट्टले जानकारी दिए।
३२ वर्षीय लिगुवाङगुई र ३५ वर्षीय टाओलाई प्रहरीले पक्राउ गरेको हो।
भारतीय सीमाबाट नेपाल प्रवेश गरिरहेको अवस्थामा प्रहरी र सशस्त्र प्रहरीको टोलीले सोधपुछ गरेको थियो। सोधपुछको क्रममा पासपोर्ट जाँच गर्दा गैरकानुनी रूपमा नेपाल प्रवेश गरेको खुलेको हो।
उनीहरूबाट १४ हजार ७५० भारू र ६ वटान मोबाइल बरामद भएको थियो। अनुसन्धानका लागि दुबै जनालाई अध्यागमन कार्यालय बेलहिया पठाएको एसपी भट्टले बताए।