नारायणघाट–मुग्लिन सडकको नौकिलोमा ट्रक पल्टिँदा एक जनाको मृत्यु भएको छ।
ट्रकमा सवार दुई जनालाई उद्धार गरेर उपचारका लागि भरतपुर ल्याइएको छ। अन्य दुई जनालाई ट्रकले च्यापेको जिल्ला प्रहरी कार्यालयका डिएसपी ज्ञानकुमार महतोले जानकारी दिए।
सडकमा पल्टिएको ट्रक उठाउन क्रेन पठाइएको उनले बताए।
नारायणघाटबाट मुग्लिनतर्फ जाँदै गरेको बागमती प्रदेश ०३ ०१ ख ३४९० नम्बरको ट्रक पल्टिएको हो।
घाइतेहरूको भरतपुरस्थित चितवन मेडिकल कलेज र अलाइभ हस्पिटल एन्ड ट्रमा सेन्टरमा उपचार भइरहेको छ।
मृतकको सनाखत हुन नसकेको डिएसपी महतोले बताए।