शुक्रबार राजधानीको प्रमुख सडक दरबारमार्ग नै बन्द गरी नेकपा एमालेले आयोजना गरेको जागरण सभाका कारण सर्वसाधारणले सास्ती भोग्नु परेको छ।
सार्वजनिक सवारी साधनहरू ठाउँ ठाउँमा डाइभर्सन गरिएको कारण ट्राफिक जाम बढेको छ भने सुन्धारा क्षेत्रमा सार्वजनिक सवारी चढ्न सर्वसाधारण भिड नै लागेको छ।
जामका कारण समयमा सवारी साधन नपाउँदा सास्ती भोग्नु परेको सर्वसाधारणको गुनासो छ।
काठमाडौंका मुख्य स्थानहरूः न्यूरोड, शहिदगेट, सुन्धारा, जमल, भृकुटीमण्डप, भद्रकाली, त्रिपुरेश्वर, सिंहदरबार, माइतीघर क्षेत्रमा अत्यधिक जाम छ।
तस्बिरहरू:
-1732268485.jpg)
-1732268484.jpg)
-1732268484.jpg)
-1732268484.jpg)
-1732268482.jpg)
-1732268483.jpg)
-1732268483.jpg)
-1732268482.jpg)
-1732268481.jpg)
-1732268481.jpg)
तस्बिर: नेपाल फोटो लाइब्रेरी।