सडक तथा खोला मापदण्ड खारेजको माग गर्दै काठमाडौंमा प्रदर्शन भएको छ।
भूमि अधिकार संरक्षण संघर्ष समिति र गैरन्यायिक सडक तथा खोला मापदण्ड पीडित संघर्ष समितिले जनतालाई उठिवास गर्ने मापदण्ड आवश्यक नरहेको भन्दै बिहीबार माइतीघर मण्डलमा प्रदर्शन गरेको हो।
मापदण्ड खारेजको माग गर्दै र्यालीसहित खबरदारी कार्यक्रम गरिएको उनीहरूले बताएका छन्।
सुमन सायमिलगायतको अगुवाइमा बागमती नदी किनारबाट र्याली सुरू गरेर माइतीघर मण्डल पुगेको हो।
सर्वोच्च अदालतले नदी किनारबाट दायाँबायाँ २०-२० मिटर छाडेर मात्रै संरचना बनाउन पाइने आदेश दिएको थियो। त्यसविरूद्ध सरकार सर्वोच्च गएको छ।
तस्बिरहरू: