काठमाडौंको न्यूरोडमा फुटपाथ विस्तार र अव्यवस्थित तारहरूलाई भूमिगत गरिएको छ।
काठमाडौं महानगरपालिकाले न्यूरोडमा फुटपाथ विस्तार गर्न खोजेको थियो। तर व्यवसायीहरूले व्यापार घाटा भएको भन्दै विरोध जनाउँदा लामो समयसम्म विवाद भएको थियो।
फुटपाथ विस्तार गरेसँगै त्यहाँ अव्यवस्थित तारहरू र बिजुलीका पोलहरू हटाइएको छ। त्यसलाई भूमिगत गरेसँगै अहिले न्यूरोड सडक नयाँ देखिएको भन्दै चर्चामा छ।
फुटपाथ विस्तारको कार्य पहिले नै सकिए पनि फुटपाथको बीच भागमा रहेको बिजुलीको पोलका कारण सर्वसाधारणले हिँड्नका लागि सास्ती भोग्नु परेको थियो।
अहिले सो क्षेत्रको बिजुलीको तार, पोल र इन्टरनेट सेवाका तारहरू भूमिगत गरिएसँगै सुन्दर पनि देखिएको छ।
तस्बिरहरू:
-1732083611.jpeg)
-1732083610.jpeg)
-1732083610.jpeg)
-1732083610.jpeg)
-1732083610.jpeg)
-1732083608.jpeg)
-1732083609.jpeg)
-1732083608.jpeg)
-1732083608.jpeg)
-1732083607.jpeg)
-1732083607.jpeg)
सबै तस्बिर: नेपाल फोटो लाइब्रेरी