काठमाडौंमा एकै परिवारका तीन जना मृत भेटिएका छन्।
गोकर्णेश्वर नगरपालिका- ३ मा एउटै परिवारका तीनजना बिहीबार दिउँसो मृत अवस्थामा भेटिएका हुन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीका अनुसार ३३ वर्षीया सीता मोक्तान नगरकोटी, उनकी १५ वर्षीया छोरी अंशु मोक्तान र दुई महिनाको बच्चा मृत अवस्थामा भेटिएको हो।
'कोठा भित्रबाट चुक्कुल लगाएको अवस्थामा भेटिएको छ,' उनले भने, 'थप अनुसन्धान भइरहेको छ।'
काठमाडौं उपत्यका प्रहरी कार्यालयका एसएसपी बिनोद घिमिरेका अनुसार सीताका श्रीमान कान्छा नगरकोटीलाई नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको छ।
'श्रीमान कान्छा श्रीमती र बच्चा हराएको भन्दै प्रहरीकोमा आएका थिए,' एसएसपीले घिमिरेले भने।