भारतीय स्थलसेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी पाँच दिने भ्रमणका लागि नेपाल आउने भएका छन्।
प्रधान सेनापति महारथी अशोकराज सिग्देलको औपचारिक निमन्त्रणमा उनी नेपाल आउन लागेका हुन्।
उनी मंसिर ५ गते नेपाल आएर ९ गते फर्किने नेपाली सेनाले बताएको छ।
उक्त भ्रमणमा उनले प्रधानमन्त्री र रक्षामन्त्रीसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको सेनाले जनाएको छ।
उनी नेपाल भ्रमणका क्रममा वीर स्मारकमा श्रद्धाञ्जली अर्पण, जंगीअड्डामा सम्मान गारत निरीक्षण, प्रधानसेनापति महारथी सिग्देलसँगको भेटघाट र छलफल गर्ने कार्यक्रम छ।
मंसिर ६ गते उनलाई राष्ट्रपति रामचन्द्र पौडेले नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्नेछन्।