नेपाल चिकित्सक संघ चितवनको अधिवेशनले डा.उमेश नेपालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।
समितिको वरिष्ठ उपाध्यक्षमा डा.दिपेन्द्र न्यौपाने सर्वसम्मत निर्वाचित भएका छन्। उपाध्यक्षमा डा.नवराज लामिछाने, सह-सचिवमा डा. बसन्त शर्मा, कोषाध्यक्षमा डा.विवेक कँडेल र सह-कोषाध्यक्षमा डा.सञ्जय पौडेल पनि सर्वसम्मत निर्वाचित भएको प्रमुख निर्वाचन अधिकारी डा.प्रकाश खतिवडाले जानकारी दिए।
सदस्यहरुमा डा.सुरेशकुमार दिप, डा.कृष्णप्रसाद रेग्मी, डा.पुष्पराज खनिया, डा.सुन्दर गौतम र डा.आविष्कार चापागाईं निर्वाचित भएका छन्।
सचिव पदमा सर्वसम्मत हुन नसकेकाले नयाँ कार्यसमितिले आवश्यक प्रक्रिया अघि बढाउने सहमती भएको खतिवडाले बताए।