नारायणघाट-मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको भरतपुर महानगरपालिका-२९ सत्र किलोमा भएको दुर्घटनामा मृत्यु भएका पाँच जनामध्ये तीन जनाको सनाखत भएको छ।
शुक्रबार बिहान ३ बजे नारायणगढतर्फ जाँदै गरेको बा.प्र. ०६-००१ ज ०२९८ नम्बरको माइक्रो र मुग्लिङ जाँदै गरेको बा.प्र. ०३-००१ ख २८१२ नम्बरको बस ठोक्किएर दुर्घटना भएको थियो।
दुर्घटनामा परी मृत्यु हुनेमा माइक्रोमा सवार गोरखाको आरूघाट गाउँपालिका-५ मान्बु बस्ने अन्दाजी ४०/४२ वर्षीय राजबहादुर गुरूङ, माइक्रो चालक चितवनको खैरहनी नगरपालिका-४ का ३९ वर्षीय अनोज अधिकारी, माइक्रोमा सवार भारत घर भई हाल कास्कीको पोखरा महानगरपालिका-९ बस्ने ३६ वर्षीय राजकुमार साह छन्।
दुर्घटनामा परी मृत्यु भएका एक पुरूष र एक महिलाको भने सनाखत हुन बाँकी रहेको डिएसपी रिजालले जानकारी दिए।
दुर्घटनामा परी ६ जना घाइते भएका छन्। जसमध्ये दुई जना सामान्य, दुई जना उपचार पछि डिस्चार्ज र एकजना गम्भीर रहेको डिएसपी रिजालले बताए।