काठमाडौंसहित देशका विभिन्न ठाउँमा छठ पूजा गरिएको छ।
देशका विभिन्न स्थानमा आज हर्सोल्लासपूर्वक सूर्यको पूजा आराधना गरी छठपर्व मनाइएको छ। बिहीबार साँझ काठमाडौंको गौरीघाटमा पनि भक्तजनहरू अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्व मनाएका छन्।
परिवार एवं सन्तानको सुख समृद्धिको कामना गर्दै अत्यन्त श्रद्धापूर्वक मनाइन्छ। राष्ट्रपति रामचन्द्र पौडेलले पनि गौरीघाटमा पुगेर छठ पूजा गरेका हुन्।
सूर्य भगवानलाई अर्घ्य दिन तराई मधेस सहित काठमाडौंका नदी, तलाउ, पोखरी, ईनार लगायतको जलाशयको किनारमा घाटलाई विशेष रुपले श्रृंगारिएका छन्।
मूख्यतः जनकपुरको धार्मिक तथा ऐतिहासिंक पोखरी तलाउ गंगासागर, धनुषसागर, अंगराजसर, दशरथ तलाउ, गोरधोइ पोखरी, कामिनी सर, रत्नसागर लगातका पोखरीलाई सजाएर झकिझकाउ बनाइएको छ।
घाटहरूमा लगाइएको झिलिमिली बत्तीले रातिको समयमा झनै मनमोहक देखिन्छ।