शारदीय पर्वमध्ये दोस्रो ठूलो चाड यमपञ्चक सुरू भएसँगै तिहारको चहलपहल ह्वात्तै बढेको छ।
काठमाडौंका असन, इन्द्रचोक लगायत बजारमा फूलमाला, झिलिमिली बत्ती, माटाका पाला किन्नेहरूको घुइँचो लागेको छ।
यमपञ्चकअन्तर्गत बुधबार काग तिहार मनाइएको छ।
बिहीबार कुकुर तिहारका साथै लक्ष्मीपूजा समेत भएकाले पूजा–अर्चनाका लागि कुचो, नाङ्लो, भोगटे, भाँडावर्तन आदि सामग्री किन्न बजार क्षेत्रमा ग्राहकको घुइँचो लागेको हो।
त्यसो त तिहार रंगहरूको पर्व पनि हो। घरका चोटाकोठा, आँगनमा आकर्षक रंगोली बनाउनेसमेत प्रचलन छ। त्यसका लागि रङ खरिद गर्नेहरू पनि बजारमा पुगेका छन्।
तिहारलाई भ्रातृत्वको पर्व पनि भन्ने गरिन्छ। दिदीबहिनीहरूले दाजुभाइहरूलाई सप्तरंगी टीका लगाएर लामो आयु र आरोग्यको कामनासहित लत्ताकपडा र मिष्ठान्न दिनेगर्छन्। दाजुभाइहरूले पनि दिदीबहिनीहरूलाई उपहार दिने प्रचलन छ।
त्यसका लागि भाइमसला लगायत सामग्री किन्नेहरू पनि बजारमा बढ्न थालेका छन्।
शरदयाम सुरू भएसँगै ठूला चाडहरू भित्रने हुनाले मनग्ये व्यापार हुने व्यवसायीहरू बताउँछन्। पर्वका बेला ग्राहकहरूको चहलपहल बढ्दा बजार चलायमान हुने उनीहरूको भनाइ छ।
तस्बिरहरू:
-1730274402.jpg)
-1730274403.jpg)
-1730274402.jpg)
-1730274402.jpg)
-1730274401.jpg)
-1730274401.jpg)
-1730274401.jpg)
-1730274400.jpg)
-1730274400.jpg)
-1730274400.jpg)
-1730274399.jpg)
-1730274399.jpg)
-1730274399.jpg)
-1730274398.jpg)
-1730274398.jpg)
-1730274397.jpg)
-1730274397.jpg)
-1730274397.jpg)