असोज आफैमा शारदीय पर्वको छटा हो।
दसैं पर्व पर्ने भएकाले पनि शरद ऋतुको पहिलो महिना असोजको महत्त्व बेग्लै छ।
घर फर्कने, आफन्तसँग खुसीयालीपूर्वक दसैं मनाउने भएकाले यसलाई पारिवारिक मिलनको द्योतकको रूपमा पनि लिइन्छ।
मीठो–मसिना खाने, साथीभाइ, इष्टमित्र भेट भएर सुख–दुःखका कुरा गर्ने, जमघटमा रमाउने र मान्यजनका हातबाट टीका–जमरा लगाएर आशीर्वाद ग्रहण गर्ने भएकाले दसैं पर्वको सामाजिक र सांस्कृतिक महत्त्व अधिक छ।
झरी मत्थर भएर दिनहरू घमाइलो बन्न थालेसँगै मानिसहरू आ–आफ्नो थातथलो फर्कन थालेका छन्।
गाउँ फर्कनेहरू बढेसँगै बसपार्क विमानस्थलमा मानिसहरूको घुइँचो लाग्न थालेको छ।
पिठ्युँ, हातमा झोला बोकेर, बालबच्चाहरू च्यापेर गाउँ फर्किइरहेकाको दृश्यले काठमाडौं लगायत सहरी क्षेत्रहरू खाली बन्दै गइरहेको पनि आभास भइरहेको छ।
नौरथा लागेदेखि नै बसपार्कमा गाउँ जानेहरूको भीड बढिरहेको थियो। शनिबारदेखि यो क्रम झनै बढेको छ।
हेरौं काठमाडौंको नयाँ बसपार्कमा घर फर्कनेहरूको घुइँचो;


-1728273619.jpg)


-1728273623.jpg)
-1728273623.jpg)
-1728273623.jpg)
-1728273621.jpg)
-1728273624.jpg)
-1728273622.jpg)
-1728273622.jpg)
-1728273622.jpg)
-1728273620.jpg)
-1728273621.jpg)
-1728273621.jpg)
-1728273621.jpg)
-1728273620.jpg)
-1728273620.jpg)
-1728273620.jpg)
-1728273619.jpg)
-1728273619.jpg)
-1728273619.jpg)
-1728273618.jpg)
-1728273618.jpg)
-1728273618.jpg)
-1728273618.jpg)
-1728273617.jpg)
-1728273617.jpg)
-1728273617.jpg)
-1728273617.jpg)
-1728273623.jpg)