देशभर मनसुनी वायुसँगै भारतको उत्तर-पूर्व असम र आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
बुधबार बिहान हाल कोशी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा छ भने कोशी प्रदेशको थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा र एक-दुई स्थानमा भारी वर्षा भइरहेको छ।
कोशी प्रदेशका केही स्थानहरुमा तथा बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका एक-दुई स्थानमा दिउँसो मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै कोशी प्रदेश र बागमती प्रदेशका एक- दुई स्थानमा भारी बर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।
बुधबार राति कोशी प्रदेश, मधेश प्रदेश, वागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।
कोशी प्रदेशका केही स्थानहरुमा तथा बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका एक-दुई स्थानमा रातिपनि मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
साथै कोशी प्रदेशको एक- दुई स्थानमा भारी बर्षा हुने पनि महाशाखाले पूर्वानुमान गरेको छ।