बाढीपहिरोमा परेर ललितपुरमा ४० जनाको मृत्यु भएको छ भने १० जना बेपत्ता भएका छन्।
बिहीबार रातिदेखि शनिबारसाँझसम्म परेको अविरल वर्षाले बाढीपहिरो र डुबानमा परेर ललितपुरमा ४० जनाले ज्यान गुमाउनु परेको हो।
बाढी पहिरोमा परेर हराएकाहरूमध्ये मंगलबार बिहान ८ बजे ६ जनाको शव फेलापरेसँगै मृत्यु हुनेको संख्या ४० पुगेको जिल्ला प्रहरी परिसर ललितपुरका डिएसपी नरहरि अधिकारीले जानकारी दिए।
मंगलबार बिहान ललितपुर माहाँकाल गाउँपालिका वडा नम्बर २ का ९ वर्षीय आयुष स्याङ्तान, सोही वडाको एकैपरिवारका ४० वर्षीय राममाया स्याङ्तान, १४ वर्षीय अजय स्याङ्तान, ११ वर्षीय सुवास स्याङ्तान र ९ वर्षीया सलिना स्याङ्तान शव फेला परेको हो।
त्यस्तै माहाङकाल गाउँपालिका वडा नम्बर ३ का ईश्रर तिमल्सिनाको शव मंगलबार बिहान भेटिएको डिएसपी अधिकारीले जानकारी दिए।
यसअघि ललितपुरमा बाढीपहिरोमा परेर ३४ जनाको मृत्यु भएको थियो।