काभ्रेमा अलपत्र परेका १ सय ४८ जना यात्रुलाई सशस्त्र प्रहरीको गाडीमा काठमाडौं ल्याएको छ।
काभ्रेका विभिन्न ठाउँमा शनिबारदेखि अलपत्र परेका १ सय ४८ जना यात्रुलाई सशस्त्र प्रहरीको गाडीले सोमबार काठमाडौं ल्याएको हो।
सोमबार बिहान सशस्त्र प्रहरी बलहल्चोकबाट पठाइएको तीन वटा बसले धुलिखेलबाट १५ किलोमटिर पूर्वतर्फ दाहाल डाँडा भन्ने ठाउँबाट १३ जना महिला ४९ पुरुष र ३ जना बच्चा गरी ६५ जनालाई काठमाडौं ल्याएको सशस्त्र प्रहरीका सप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।
त्यस्तै, हेलिकप्टरबाट धुलिखेलसम्म ल्याइएको ८३ जनालाई पनि सशस्त्रको गाडीले काठमाडौं ल्याएको हो।
विभिन्न ठाउँमा अलपत्र परेका व्यक्तिहरुको उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर, सशस्त्र प्रहरी बलबाट तीनवटा बससहित सुरक्षानिकायको टोली खटिरहेको डिएसपी थापाले जानकारी दिए।