शनिबार बिहानपख खसेको पहिरोले झ्याप्ले खोलामा चार वटा यात्रुवाहक सवारी साधनहरू पुर्यो।
शनिबार अपराह्नपख मात्रै पहिराले बस पुरेको आशंका गरिएको थियो। खोतलेर हेर्दा शनिबार १४ जनाको शव फेला पर्यो।
सोही स्थानमा आइतबार थप तीन वटा सवारी साधन पुरिएको अवस्थामा फेला पर्यो। शनिबार र आइतबार गरी झ्याप्ले खोलाको पहिरोमुनिबाट ३५ जनाको शव निकालियो।
गत असोज ७ गते नै जल तथा मौसम विज्ञान विभागले बुलेटिन जारी गर्दै बिहीबारदेखि आइतबारसम्म घनघोर वर्षा हुने बताएको थियो। त्यसैलाई आधार मानेर शुक्रबार र शनिबार रात्री बस नचलाउन आग्रह गरिएको थियो।
तर बुटवल र गोरखादेखि छुटेका यात्रुवाहक बस झ्याप्ले खोलामा पुरिए।
झ्याप्ल खोलामा पहिराका आशंका गरिएको थिएन। काठमाडौं उपत्यका आसपासमा यस्ता राजमार्ग छन्, ती पहिराको जोखिममा छन्। सूर्यविनायक–धुलिखेल सडक खण्डअन्तर्गत जगातीदेखि साँगा भञ्याङसम्म राजमार्ग निर्माणाधीन छ। त्यस सडक खण्डको साँगातर्फतको भाग पहिराको जोखिममा छ। साँगा पुलमुनि भास्सिएको जमिनलाई प्लास्टिक ओताएर राखिएको छ।
नौबिसे–नागढुंगामा पनि त्यस्तै दृश्य देख्न सकिन्छ। पहिरो गएको झ्याप्लेखोलाको अर्कोतर्फ (सुरूङ मार्गको सम्मुखको ठीक माथि पनि) ठूलो परिमाणमा जमिन चकिएको छ। चर्किएर तल झर्न ठिक्क परको भागलाई त्यहाँ पनि प्लास्टिक ओताइएको छ।
हेरौं प्लास्टिक ओताएको पहिरोः