काठमाडौंको केही ठाउँमा ५३ वर्षयताकै ठूलो पानी परेको छ।
यसपटक काठमाडौं उपत्यकासहित २५ केन्द्रमा रेकर्ड ब्रेक वर्षा भएको हो।
काठमाडौंको पानीपोखरीमा २४ घन्टामा २०६.६ मिलिमिटर वर्षा भयो। शुक्रबार र शनिबारको अवधिको वर्षा हो यो। त्यहाँ यसअघि २०२८ साल जेठ ३१ गते १९८ मिलिमिटर वर्षा भएको थियो।
काठमाडौं विमानस्थलमा २३९.७ मिलिमिटर पानी परेको छ। त्यहाँ यसअघि २०५९ साउन ७ गते १७७ मिलिमिटर वर्षा भएको थियो।
काठमाडौंकै बूढानीलकण्ठमा पनि रेकर्डब्रेक वर्षा भयो। त्यहाँ २४ घन्टाको अवधिमा १७८.३ मिलिमिटर वर्षा भयो। त्यहाँ यसअघि १७७ मिलिमिटर वर्षा भएको थियो।
काठमाडौको जितपुरफेदीमा १७८.३ र नागार्जुनमा २०५.४ मिलिमिटर वर्षा भयो। ७ जुलाइ २०१९ मा जितपुरफेदीमा १२८.२ मिलिमिटर पानी परेको थियो। नागार्जुनमा यसअघि २०१४ सेप्टेम्बर १३ मा १४७.५० मिलिमिटर पानी परेको थियो।
सिन्धुपाल्चोकको बाहुनेपाटीमा पनि रेकर्ड ब्रेक वर्षा भयो। त्यहाँ यसपटक २४ घन्टामा १९०.६ मिलिमिटर पानी परेको थियो। यसअघि १७ जुलाई १९७८ मा १३७.५ मिलिमिटर वर्षा मापन भएको थियो।
तनहुँको खैरनीटारमा पनि रेकर्ड ब्रेक भयो। त्यहाँ २४ घन्टामा २५२.३ मिलिमिटर पानी पर्यो। त्यहाँ यसअघि १७ जुलाई १९८३ मा २४१.९ मिलिमिटर वर्षा मापन भएको थियो।
ललितपुरको चापागाउँमा पनि रेकर्ड ब्रेक भयो। त्यहाँ यसपटक २४ घन्टामा ३२३.५ मिलिमिटर वर्षा भयो। यसअघि २३ जुलाई २००२ मा चापागाउँमा २००.५ मिलिमिटर वर्षा भएको थियो।
यसपटक मकवानपुरको दामनमा ४१० मिलिमिटर पानी परेर रेकर्ड ब्रेक भयो। त्यहाँ यसअघि २० जुलाई १९९३ मा ३७३.२ मिलिमिटर पानी परेको रेकर्ड छ।
नुवाकोटको ककनीमा पनि २४ घन्टामा यसपटक १६९.२ मिलिमिटर वर्षा भयो। त्यहाँ २८ जुलाई १९७२ मा १६१.० मिलिमिटर वर्षा भएको थियो।
अन्त कहाँकहाँ भयो रेकर्ड ब्रेक?