शुक्रबारदेखिको अविरल वर्षाका कारण झ्याप्ले खोलामा आएको पहिरोका कारण काठमाडौं छिर्ने मुख्य राजमार्ग अवरूद्ध छ।
घुम्ति सडकको माथिल्लो भागबाट सोहोरिएको पहिरो तल्लो सडकमा खस्दा त्यहाँ ग्रेगान र लेदोको विशाल थुप्रो बनेको छ।
लेदोसहितको पहिरोले अहिलेसम्म चार वटा बस पुरेको भन्ने खुलेको छ। शनिबार १४ वटा शव त्यहाँबाट निकालिएको थियो भने आइतबार बिहानदेखि अहिलेसम्म २१ जनाको शव भेटिएको छ।
त्यहाँ अरू गाडी पनि पुरिएको हुनसक्ने आशंकामा खोजी भइरहेको छ।
पहिरो गएपछि शनिबारदेखि नै सवारी साधन निषेध गरिएको छ। यद्यपि पहिरोका कारण रोकिएका गाडीहरूको लामो जाम छ।
अत्यावश्यक सवारी साधनहरूलाई सुरूङमार्गबाट काठमाडौं पठाइएको छ।
एम्बुलेन्स, पशुपंक्षी बोकेका सवारी साधनहरू पनि सुरूङमार्गबाटै पठाइएको छ।
तस्बिरहरूः