दक्षिणी ललितपुरको तीन पालिका बाढी–पहिरोले आक्रान्त बनेका छन्।
सञ्चार र विद्युत प्रणाली अवरूद्ध हुँदा खोज उद्धारमा समेत कठिनाइ भएको त्यहाँका जनप्रतिनिधिले बताएका छन्।
सबैभन्दा प्रताडित महांकाल गाउँपालिका बनेको प्रमुख प्रशासकीय अधिकृत अशोक विष्टले जानकारी दिए।
उनकाअनुसार महांकाल गाउँपालिकामा ११ जना बेपत्ता छन्। गोटिखेल बजार तहसनहस बनेको उनले बताए। त्यहाँ ३ जना बेपत्ता छन्।
धामीखोला उर्लेर आउँदा हिलसाइड बोर्डिङ स्कुल, प्रहरी चौकी, वैतर्णी धामलगायत संरचना बगाएको छ। ‘पालिका जोड्ने अधिकांश बाटामा क्षति पुगेको छ। ठोट्ने खोलामा पनि केही घर बगेको सूचना आएको छ। तर सम्पर्क हुन सकेको छैन,’ उनले भने।
ठोस्ने खोला कोञ्ज्योसो गाउँपालिका र महांकाल गाउँपालिकाको सीमा क्षेत्र हो।
बागमती गाउँपालिकामा पनि दुई जनाको मृत्यु भएको छ। बाढी–पहिराले भौतिक संरचनामा व्यापक क्षति पुर्याएको गाउँपालिका अध्यक्ष वीरबहादुर तामाङ (लोप्चन) ले जानकारी दिए।
उनकाअनुसार मकवानपुर, काठमाडौं जोड्ने कान्ती लोकपथको पुल बाढीले बताएको छ।
कुलेखानी बाँध खोलेकोले प्युटार, आस्राङ, गिम्दी आसपासका बस्ती बताएको उनले बताए। फोन सम्पर्क नहुँदा क्षतिको यकिन विवरण प्राप्त हुन नसकेको उनले बताए।
कोञ्ज्योसोम गाउँपालिकामा तीन जनाको मृत्यु भएको गाउँपालिका अध्यक्ष कृष्णमान लामाले जानकारी दिए। ‘खोला किनारका घर–जग्गामा व्यापक क्षति पुगेको छ। सडक सञ्जाल टुटेका छन्। उद्धार र राहतमा कठिनाइ भइरहेको छ।