काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा पहिरो जाँदा हालसम्म ११ जना बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालयले एकीकृत रुपमा उपलब्ध गराएको सूचनाअनुसार काभ्रेको पनौती, बनेपा, नमोबुद्ध नगरपालिकामा पहिरोले घर बगाएउँदा ११ जना सम्पर्कविहीन बनेका हुन्।
पनौतीमा घर पुरिँदा एकाघरमा चारजना सम्पर्कविहीन भएका छन्। दुई दिनको अविरल वर्षापछि खसेको पहिरोले पनौती नगरपालिका वडा नम्बर ११ थुम्कीमा घर पुरिँदा ४ जना सम्पर्कविहीन भएका हुन्। उक्त स्थानमा पाँच जना ५ टोली परिचालन गरिएको छ।
तर, खोला बढेका कारण घटनास्थलमा पुग्न कठिन भए प्रहरीले बताएका छन्।
त्यस्तै वडा नम्बर १२ कोलाँतीमा पनि गोपाल तिमल्सिनाको घर पहिराले पुरिएको छ। उक्त घटनामा तीन जनालाई जीवितै उद्धार गरिएको र एक जना बेपत्ता रहेको प्रहरीले जानकारी दिएको छ।
त्यस्तै पनौती नगरपालिका वडा नम्बर १२ कलाँतीमै घर पुरिँदा श्रीमान र श्रीमती बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ।
नमोबुद्ध नगरपालिका २ श्यामापाटीमा पनि पहिरामा परी दुई जना बेपत्ता रहेको प्रहरीले जानकारी दिएको छ।
बनेपा नगरपालिका वडा नम्बर १४ थालचोकमा पनि पहिराले घर बगाउँदा दुई जना बेपत्ता भएको प्रहरी चौकी साँगाले जानकारी दिएको छ। साँगाबाट नायब निरीक्षक रूपेश श्रेष्ठको कमाण्डमा पाँच जनाको टोली घटनास्थलतर्फ परिचालन भइसकेको प्रहरीले जानकारी दिएको छ।
्