मनसुन पुनः सक्रिय हुँदा देशभरि वर्षात भएको छ। पछिल्लो तीन घन्टामा कोशी, बागमती, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम लगायत प्रदेशका अधिकांश भूभागमा पानी परेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ।
विभागले अद्यावधिक गरेको सूचनाअनुसार नवलपरासीको देउरालीमा पछिल्लो ३ घन्टामा ८३.२, मिलिमिटर वर्षा भएको छ। यो भारी वर्षा मापन हो।
त्यस्तै रुन्देहीको तिलोत्तमामा ५९.२, नवलपरासीको दुम्कौलीमा ४१.२, नवलपरासीको डन्डामा ३७ मिलिमिटर वर्षा भएको छ।
बाढी पूर्वसूचना केन्द्रले नवलपरासी, नवलपुर लगायत जिल्ला भएर बहने नदीमा आकस्मिक बाढीको पूर्वानुमान पनि गरेको छ। तटीय क्षेत्रमा बस्नेहरूलाई सतर्कता अपनाउन पनि आग्रह गरेको छ।