न्यूरोडमा फुटपाथ विस्तारको काम अन्तिम चरणमा पुगेको छ।
पटक पटकको विवाद पछि अहिले भने कामपा २४ वडाको फुटपाथ विस्तार कार्य अन्तिम चरणमा पुगेको हो।
उच्च अदालत पाटनका न्यूरोडमा फुटपाथ विस्तार रोक्ने गरी डिभिजन सडक कार्यालयले काठमाडौं महानगरपालिकालाई लेखेको पत्र कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएसँगै महानगरले फुटपाथ विस्तार गर्न बाटो खुलेको थियो।
काठमाडौं महानगरपालिकाले न्यूरोडमा फुटपाथ विस्तारका लागि सडकको कालोपत्रे समेत भत्काइसकेको थियो। तर सडक डिभिजन कार्यालयले हस्तक्षेप गरेर सामान जफत गर्नुका साथै पछि महानगरपालिकाले काटेको कालोपत्रे पनि टालेको थियो।
यसरी सडक डिभिजन कार्यालय, वडा र स्थानीयहरुसँगको पटक पटकको विवाद पश्चात अहिले भने सो क्षेत्रको फुटपाथ फराकिलो बनेको छ।
तस्बिरहरूः
-ink-1727070990.jpeg)
-ink-1727070989.jpeg)
-ink-1727070989.jpeg)
-ink-1727070989.jpeg)
-ink-1727070989.jpeg)
-ink-1727070988.jpeg)
-ink-1727070988.jpeg)
-ink-1727070988.jpeg)
सबै तस्बिरः नेपाल फोटो लाइब्रेरी।