नारायणगढ-मुग्लिन सडकखण्ड अन्तर्गत सिमलटारमा पहिरोका कारण दुइटा बस त्रिशूली नदीमा खसेको छ।
गएराति साढे ३ बजे भरतपुर महानगरपालिक-२९ सिमलतालमा सडकमाथिबाट खसेको पहिरोसँगै दुइटा बस त्रिशूली नदीमा खसेको हो।
वीरगन्जबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश १५१६ नम्बरको एन्जल डिलक्स लेखेको यात्रुवाहक बस र काठमाडौंबाट गौर जाँदै गरेको गणपति डिलक्स लेखेको बस त्रिशूलीमा खसेको थियो।
चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी शर्माले एउटा बसमा ४२ र अर्कोमा २४ जना यात्रु भएको जानकारीमा आएका बताए।
घटनास्थलमा तीनवटै सुरक्षा निकाय गरी ७५ जना भन्दा बढी टोली खटिएको छ।
अहिले त्रिशूलीमा खसेको बस खोज्नका लागि सुरक्षाकर्मीको टोली नदीमा खटिएको छ।
पहिरोले दुवैतर्फ सडक अवरोध भएको छ।
तस्बिरहरूः