पहिरोले अवरुद्ध डुम्रे–बेसीसहर सडक खुलेको छ।
मङ्गलबार साँझदेखिको वर्षाले गएराति यस सडकअन्तर्गत बेँसीशहर नगरपालिका– १ अँधेरिखोलामा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मेघनाथ चापागाईंले पहिरो पन्छाएर आज बिहान ११ बजेपछि सडक सञ्चालन भएको बताए।
सडक अवरुद्ध हुँदा बेसीसहरबाट काठमाडौँं, पोखरा र चितवन र ती स्थानबाट बेसीसहरका साथै मनाङ जाने यात्री प्रभावित भएका थिए।