ललितपुर महानगरपालिकाले अशक्त, अपाङ्ग तथा वृद्धवृद्धाले सहजै सदर चिडियाखाना अवलोकन गर्न सकून् भनेर विद्युतीय गाडी हस्तान्तरण गरेको छ।
शुक्रबार औपचारिक कार्यक्रम गर्दै महानगरका मेयर चिरीबाबु महर्जनले चिडियाखानालाई उक्त गाडी हस्तान्तरण गरेका हुन्।
चिडियाखाना आउँदा हिँड्न कठिन हुँदा सबै ठाउँ अवलोकन गर्न सक्दैनथे। त्यस्ता मानिसहरूलाई लक्षित गरेर उक्त विद्युतीय गाडी सञ्चालनमा ल्याएको महानगरले जनाएको छ।
हस्तान्तरणपछि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गाडी चढेर उद्घाटन गरेकी थिइन्।
तस्बिरहरूः
-1713533689.jpg)
-1713533690.jpg)
-1713533690.jpg)
-1713533688.jpg)
-1713533688.jpg)
-1713533689.jpg)
-1713533686.jpg)
-1713533687.jpg)
-1713533688.jpg)
-1713533687.jpg)
-1713533686.jpg)