काठमाडौंको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयले २४ सै घन्टा पुस्तकालयअन्तर्गत अध्ययन कक्ष सञ्चालनमा ल्याएपछि विद्यार्थीहरूलाई पढ्न सजिलो भएको छ।
त्रिविका विद्यार्थी र लोक सेवा आयोग तयारी गरिरहेकाहरू पुस्तकालय पुगेर अध्ययन गर्ने गरेका छन्। पुस्तकालयका तीन वटा अध्ययन कक्षमा नियमित रूपमा २० देखि २५ जना विद्यार्थीहरू पढ्न आउँछन्।
साथै बेलुकी तथा राति भने लोक सेवा आयोग तयारी गरिरहेकाहरू पुस्तकालयमा अध्ययन गर्न आउने गरेका छन्। राति करिब एक सयदेखि एक सय ५० जनासम्म अध्ययनका लागि आउने गरेको त्रिवि पुस्तकालयले जनाएको छ। पुस्तकालयका अध्ययन कक्षमा भने ९० वटा मात्रै सिट छ।
पुस्तकालयमा अध्ययन सामग्रीहरू, ग्रन्थ र संकायअनुसारका पुस्तक करिब चार लाख ३० हजार वटा छ। यो पुस्तकालयमा ९७ जना कर्मचारी दरबन्दी रहे पनि अहिले ३० जना मात्रै कार्यरत छन्। कर्मचारी अभावले पुस्तकालयबाट पुस्तक लिने वा दिने काम भने २४ सै घन्टा नै सञ्चालन गर्न नसकिएको त्रिविले जनाएको छ।
गत पुसदेखि नै त्रिविले पुस्तकालयका अध्ययन कक्ष २४ सै घन्टा सञ्चालनमा ल्याएको थियो। त्यसअघि बिहान ५ बजेदेखि बेलुकी ७ बजेसम्म खुल्न गरेको थियो।
पुस्तकालयको अध्ययन कक्ष २४ सै घन्टा खुल्दा विद्यार्थीका साथै लोक सेवा आयोग तयारी गरिरहेकाहरूलाई लाभदायक भएको त्रिवि स्ववियु सभापति श्यामराज ओझाले सेतोपाटीलाई बताए।
‘दिउँसो काममा जानेहरू बेलुकीको खाना खाएर अध्ययनका लागि त्रिवि पुस्तकालय आउनुहुन्छ र रातभरि पढेर जानुहुन्छ,’ उनले भने, ‘पुस्तकालयको अध्ययन कक्ष २४ सै घन्टा खुलेपछि विद्यार्थीलाई सजिलो भएको छ।’
उनकाअनुसार त्रिवि पुस्तकालयसम्म पुग्ने बाटोमा बत्तीको व्यवस्था, शौचालयको सरसफाइ, अपांगमैत्री अध्ययन कक्ष बनाउनेजस्ता केही कुरा तत्काल सुधार गर्नुपर्ने छन्।
लोक सेवा आयोगको परीक्षा तयारी गरिरहेकी सिताष्मा आचार्यले पुस्तकालयको अध्ययन कक्ष २४ सै घन्टा खुलेपछि विद्यार्थीलाई पढ्न सजिलो भएको बताइन्।
‘घरमा बसेर पढ्दा अलि अल्छी लाग्छ तर पुस्तकालयमा एकाग्र भएर पढ्न सकिँदो रहेछ,’ उनले भनिन्।
तस्बिरहरू:
-1711863547.jpg)
-1711863548.jpg)
-1711863547.jpg)
-1711863547.jpg)
-1711863546.jpg)
-1711863546.jpg)
-1711863545.jpg)
-1711863545.jpg)
-1711863545.jpg)
-1711863545.jpg)
-1711863544.jpg)
-1711863544.jpg)
-1711863543.jpg)
-1711863542.jpg)
-1711863542.jpg)
-1711863543.jpg)