नेपाल भेटेरिनरी संघको आयोजनामा राइट टु प्रोटिन रन आयोजना भएको छ । करिब ७ हजार जना भन्दा बढीको सहभागिता रहेको दौडमा ८ विधामा ७ हजार १९ प्रतिस्पर्धीले भाग लिएका थिए।
जस अनुसार हाफ म्याराथनको पुरुषमा १ हजार २ सय ६६ र महिलामा १ सय ८२ खेलाडी दौडिएका छन्।
पुरुष १० किलोमिटर दौडमा ३ हजार ८१ र महिला ५ किलोमिटर दौडमा १ हजार १ सय ६६ खेलाडी सहभागीले दर्ता गरेका थिए।
कक्षा १२ सम्मको पुरुष ५ किलोमिटर दौडमा ७ सय ९२ र महिला ३ किलोमिटर दौडमा ४ सय ७२ तथा व्हीलचेयरको पुरुषमा ४० र महिलामा २० खेलाडी दर्ता भएका थिए।
हाफ म्याराथनको पुरुष-महिलामा शीर्ष पाँच स्थानमा रहनेले क्रमशः १ लाख, ७५ हजार, ५० हजार, ४० हजार र ३० हजार नगद पुरस्कार पाउने छन् ।
पुरुष १० किलोटिमर दौडमा पहिलोदेखि पाँचौं स्थानमा रहनेले क्रमश: ५० हजार, ४० हजार, ३० हजार, २० हजार र १० हजार नगद प्राप्त गर्ने छन् ।
कक्षा १२ सम्मको महिला ३ किलोमिटरमा पहिलो हुने २० हजार, दोश्रोले १५ हजार, तेश्रोले १० हजार, चौथोले ५ हजार र पाँचौंले २ हजार ५ सय नगद पुरस्कार राखिएको छ ।
बाँकी ४ विधामा पहिलो हुनेले ३० हजार, दोश्रोले २० हजार, तेश्रोले १५ हजार, चौथोले १० हजार र पाँचौंले ५ हजार नगद पुरस्कार जित्ने छन् । उपरोक्त आठै विधाको नगद पुरस्कार कर बाहेकको हो ।
प्रोटिनमाथिको अधिकारको मर्मलाई आत्मासात् गर्दै प्रोटिनजन्य पदार्थमा पहुँच बढाउन जनचेतना फैलाउने उद्देश्यसाथ आयोजना गरिएको प्रोटिन रनको यो तेश्रो संस्करण हो।
तस्बिरहरूः
-ink.jpeg)
-ink.jpeg)
-ink.jpeg)
-ink.jpeg)
-ink.jpeg)
-ink.jpeg)
-ink.jpeg)
-ink.jpeg)
-ink.jpeg)
-ink.jpeg)
-ink.jpeg)
-ink.jpeg)
-ink.jpeg)
-ink.jpeg)
-ink.jpeg)
-ink.jpeg)