मोरङको चारघरे भेटिएको हिउँचितुवालाई ललितपुरको सदर चिडियाखानास्थित आइसोलेसनमा राखिएको छ।
समुद्री सतहदेखि ३ हजार मिटरभन्दा माथिको उचाइमा रहने हिउँचितुवा मंगलबार दिउँसो करिब १५० मिटर उचाइको उर्लाबारी–१ चारघरे क्षेत्रमा भेटिएको थियो।
खुट्टामा चोट लागेको भाले हिउँचितुवालाई उपचारका लागि सदर चिडियाखाना ल्याइएको थियो। अहिले हिउँचितुवाको स्वास्थ्य सुधारका लागि आइसोलेसनमा राखिएको हो।
चिडियाखानाले शुक्रबार पत्रकार सम्मेलन गरी यसलाई सार्वजनिक गरेको हो। हिउँचितुवा कसरी मधेशमा पुग्यो भन्नेबारे अझै यकिन नभएको चिडियाखानाले जनाएको छ।
तस्बिरहरू: