डा. गोविन्द केसी लगायतको टोलीले माइतीघर मण्डल क्षेत्रमा लगाएको निषेधित क्षेत्र हटाउन माग गर्दै प्रदर्शन गरेका छन्।
बुधबार दिउँसो केसीसहित केही व्यक्तिहरूले विभिन्न माग राख्दै निषेधित क्षेत्रमा प्रदर्शन गरेका हुन्।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले माइतीघर मण्डल क्षेत्रलाई निषेधित क्षेत्र तोकेको छ। त्यस आदेश फिर्ता गर्नुपर्ने पनि केसीले माग गरेका छन्।
यस्तै सशस्त्र द्वन्द्वकालमा भएका जघन्य तथा मानवता विरोधी अपराधका दोषीहरूलाई दण्डित गर्दै मृतक, घाइते र बेपत्तका परिवारलाई न्याय हुने गरी संक्रमणकालीन न्याय प्रक्रिया टुंगोमा पुर्याउन माग गरेका छन्।
आफूसँग यसअघि सरकारले गरेका सम्झौताहरू पनि कार्यान्वयन गर्न माग गरेका हुन्।
उनले गेटामा स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालनमा ल्याउन माग गरेका हुन्। सबै प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल कलेज पुर्याउनुपर्ने उनको भनाइ छ।
१०० शैया भन्दा बढी क्षमता भएका सरकारी अस्पतालहरूमा नर्सिङ लगायत अन्य स्वास्थ्य सम्बन्धी विषयका कार्यक्रमहरू सुरू गर्न पनि उनले माग गरेका छन्।
तस्बिरहरू: