प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मेलम्ची खानेपानीको पुनः वितरण सुरू गरेका छन्।
सिंहदरबारस्थित आफ्नो कार्यलय परिसरमा परम्परागत शैलीमा बनाइएकोजस्तो देखिने धारा खोलेर मेलम्ची खानेपानीको पुनःवितरण सुरू गरेका हुन्।
कार्यक्रममा खानेपानी मन्त्री महिन्द्र राय यादव, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा काठमाडौंबाट निर्वाचित जनप्रतिधिहरूको समेत उपस्थिति थियो।
बुधबारबाट हेलम्बु गाउँपालिका–१ अम्बाथानबाट मेलम्चीको पानी पथान्तरण सुरू गरिएको थियो।
साउन २८ र २९ गतेको बाढी सुरूङभित्र पनि पसेकाले सुरूमा धमिलो पानी पठाएर सफा गरिएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जक्की अहमद अन्सारीले बताए।
अम्बाथानबाट हालेको पानी ग्याल्थुम, सिन्धु अडिट, सुन्दरीजलबाट पठाएर सुरूङ सफा गरिएको थियो।
त्यसपछि सुरूङमा सफा पानी हालिएको र सोमबारबाट वितरण सुरू गरिएको हो।
आज अनामनगर, मीनभवन क्षेत्रबाट वितरण सुरू गरिने कार्यकारी निर्देशक अन्सारीले बताए। त्यसपछि बोडे, खुमलटार, बालाजु क्षेत्रबाट वितरण सुरू गरिनेछ।
तस्बिरहरूः