किरात समुदायले शनिबार काठमाडौंको टुँडिखेलमा उधौली पर्व साथ साकेला नाचेर मनाएका छन्।
किरात समुदायले अन्नबाली भित्र्याएको खुसियाली र चिसो बढेसँगै लेकबाट बेसी झर्ने परम्पराको सांकेतिक पर्वका रूपमा उधौली पर्व मनाउने चलन छ।
किराती समुदाय, विशेषगरी सुनुवार, राई, लिम्बू र याख्खाहरूले मंसिर पूर्णिमाको दिनदेखि उधौली पर्व मनाउँछन्।
समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती पनि उपस्थित थिए।
मौलिक भेषभुषामा उपस्थित भएका किरात समुदायका मानिसहरूले आफ्नो कला संस्कृति झल्किने साकेला नाच प्रस्तुत गरेका थिए।
तस्बिरहरूः