माइतीघरमा प्रदर्शन गर्ने ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
बालकुमारीको प्रदर्शनमा दुई युवक मारिएको शुक्रबारको घटनामा गृहमन्त्रीले राजीनामा दिनुपर्ने माग राख्दै माइतीघरको निषेधित क्षेत्रमा आन्दोलन गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
त्यहाँबाट हेमराज थापासहित ७ जनालाई नियन्त्रणमा लिइएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी कुमोध ढुंगेलले जानकारी दिए।
स्थानीय प्रशासनले मंसिर ५ गते माइतीघरलाई एक महिनाका लागि निषेधित क्षेत्र तोकेको थियो। पुस ४ गते काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले थप दुई महिनाका लागि माइतीघरलाई निषेधित क्षेत्र तोकेका थिए।