भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला चढेको गाडीमा आगजनी भएपछि अवरूद्ध ग्वार्को-कोटेश्वर सडक सञ्चालनमा आएको छ।
रोजगार अनुमति प्रणाली (इपिएस) लाई लिएर आन्दोलन गरिरहेकाहरूले दिउँसो करिब १ बजे बालकुमारीमा सडकमै मन्त्री ज्वाला चढ्ने बा २ झ ५८६१ नम्बरको सरकारी गाडीमा आगजनी गरेपछि स्थिति तनावग्रस्त बनेको थियो।
अहिले स्थिति सामान्य अवस्थामा आएको र सडकमा सवारी साधनको आवतजावत पनि सामान्य बनेको सशस्त्र प्रहरीका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।
मन्त्रीको गाडीमा आगजनी गर्ने १७ जना भन्दा बढी व्यक्तिहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ। आगजनी भएपछि प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्यास र गोली चलाएको थियो।
घटनामा एक जनाको मृत्युसमेत भएको छ। मृत्यु हुनेमा सुजन रावत नाम गरेका २३ वर्षीय युवक छन्।
बालकुमारीमा लडिरहेको अवस्थामा फेला परेपछि उनलाई उपचारका लागि किस्ट अस्पताल पुर्याइएको थियो। उपचारका क्रममा उनको निधन भएको हो।
तस्बिरहरूः